शशि थरूर
1 Article
भारतीय राजनीतिकर्मी तथा बेस्टसेलर लेखक शशि थरूरका आख्यान र गैरआख्यान गरी दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्। उनी चर्चित समालोचक तथा स्तम्भकार पनि हुन्।
भारत सरकारको मानव संसाधन विकास राज्यमन्त्री तथा विदेश मामिला राज्यमन्त्री भइसकेका उनी संयुक्त राष्ट्रसङ्घका पूर्वउपमहासचिव हुन्। तिरुवनन्तपुरम क्षेत्रबाट चौथो पटक सांसद निर्वाचित उनले संसद्को वैदेशिक मामिला र सूचना प्रविधि समितिमा बसेर काम गरिसकेका छन्। कमनवेल्थ राइटर्स प्राइज, क्रसवर्ड लाइफटाइम अवार्डसँगै थरूरले साहित्यतर्फ एन एरा अफ डार्कनेसः द ब्रिटिस इम्पायर इन इन्डिया गैरआख्यानका लागि साहित्य अकादमी पुरस्कार पनि प्राप्त गरिसकेका छन्।
