‘द कमन्स’ बारे
‘द कमन्स’ ले समाज विज्ञान र मानविकी विषयमा लेखिएका अनुसन्धात्मक लेख, रिपोर्ट, फिचर, निबन्ध, श्रव्य-दृश्य सामग्रीलगायत प्रवर्द्धन र प्रकाशन गर्दछ । यसले नेपाल र विश्व इतिहास, राजनीति, संस्कृति, अर्थतन्त्रसँगै समाज र दैनिक जीवनका विविध पक्षको खोजी गर्नेछ । नेपालभित्र र बाहिरका नेपाली तथा गैरनेपाली पृष्ठभूमिका स्थापित तथा नयाँ पुस्ताका अनुसन्धानकर्ता, विद्वान्, लेखक, पत्रकार, फोटोपत्रकार, कलाकारलगायतका छानिएका रचना यसमा समावेश गरिनेछन् ।
‘द कमन्स’ किन ?
The Commons was born out of a need to bridge critical gaps in how knowledge is shared, discussed, and made accessible in Nepal. There are three key reasons that highlight the importance of such a platform:
Making Knowledge Accessible
१. विश्वमै आममानिसका लागि आर्थिक हिसाबले भौतिक र डिजिटल रुपमा प्राज्ञिक शैक्षिक लेखन/प्रकाशन सामग्री भौतिक र डिजिटल रुपमा आर्थिक हिसाबले डाउनलोड र खरिद गर्ने सुविधा कमै मात्र उपलब्ध छ । नेपालमा त अझ बढी यसको अभाव छ । लागतका हिसाबले ति सामग्री सहज उपलब्ध तथा पहुँचमा छैनन् । पहुँच भएका कतिपय सामग्री पनि यसको लक्षित निश्चित समूह र जटिल लेखन शैलीका कारण सर्वसाधारणको समझभन्दा केही परका लाग्छन् । त्यसैले पनि यस्ता लेखनले आलोचना खेप्ने गर्दछ ।
Encouraging Thoughtful Civic Engagement
२. यतिबेला बौद्धिकतालाई अस्वीकार गर्नेको जमात बढ्दो छ । कतिपय अनलाइन मिडिया आफ्नो साइटको भिजिटर बढाउन झुटा, मिथ्या र भ्रामक समाचार सम्प्रेषण गरिरहेका छन् । ‘क्लिकबेट’ पत्रकारिता र सामाजिक सञ्जालहरूले अनुसन्धानमुखीभन्दा अफवाहप्रेरित सूचनालाई बढावा दिँदा सुसूचित बहस र विचार-विमर्शमा कमी आउनुका साथै समाजमा समभाव र सौहार्दताको खस्किँदो छ। तथ्यलाई पुष्टि गर्न केही तथ्य जाँच गर्ने साइटहरू पनि छन् । तर, ती पनि मानवीय संसाधनको कमी, आर्थिक अपर्याप्तता र अन्य कारण खासै प्रभावकारी देखिँदैनन् । ‘द कमन्स’को उद्देश्य ‘सामान्य समझ’ प्रति प्रश्न उठाउने, यसलाई प्रोत्साहित गर्नु नागरिक सहभागिता प्रवर्द्धन गर्नु हो ।
Supporting Emerging Forms of Expression
३. नेपाली सार्वजनिक वृत्तको सन्दर्भमा, विशेषगरी गएको दशकमा मध्यम र लामा लेख्य सामग्रीको उत्पादन र खपत दुवैमा उल्लेखनीय वृद्धि भएको छ । त्यसैगरी, केही यस्ता प्राज्ञिक कार्य पनि भएका छन्, जसले पाठकको ठूलो जमातमाझ पुग्नका लागि धेरै हदसम्म ‘सरल’ र कम ‘शब्दजाल’ले भरिएको सैद्धान्तिक लेखनको उपाय अपनाएका छन् । ग्राफिक निबन्ध, उपन्यास, तस्बिर निबन्ध पनि सञ्चार र ज्ञान उपभोगको लोकप्रिय र शक्तिशाली माध्यम बनिरहेका छन् । यसमा पाठ्यसामग्री पनि सहायक रहेकोमा कुनै सन्देह छैन । यद्यपि यी सामग्री /लेखनलाई समायोजन र प्रवर्द्धन गर्ने प्लेटफर्महरूको भने साँच्चिकै अभाव छ ।
कमन्समा सञ्चार सामग्रीको ढाँचा र विषयवस्तु
The Commons hosts a wide range of media outputs that reflect our commitment to accessible, engaging, and diverse forms of knowledge sharing. Our content spans multiple formats and mediums, including:
Textual Materials
पाठ्यसामग्रीको प्रकाशन र प्रवर्द्धन यसको प्राथमिक लक्ष्य हुनेछ: पुस्तक समीक्षा, लामा विस्तृत/गहन निबन्ध, लेख, रिपोर्ट, अन्तर्वार्ता र एक्सप्लानर ।
Visual and Graphic Outputs
ग्राफिक निबन्ध, इलुस्ट्रेसन साथै फोटो-निबन्ध ।
Audio-Visual Media
श्रव्य-दृश्य सामग्री: पडकास्ट, मिडिया सर्ट्स र वृत्तचित्र ।
Bilingual Publication
सामाग्रीहरू नेपाली र अङ्ग्रेजी भाषामा हुनेछन् ।
‘द कमन्स’ साेसल साइन्स बहा:काे पहल हाे ।