सेरा तामाङ
1 Article
लिंग, राज्य, नागरिक समाज र लोकतन्त्रमा केन्द्रित रहेर अनुसन्धान गर्ने अनुसन्धाता सेरा तामाङ नेपाली समाज विज्ञान क्षेत्रमा सुपरिचित नाम हो। नेपाली समाज पितृसत्ता, सामाजिक लिंग, यौनिकता, नागरिकता र विदेशी सहयोगबारे उनका विभिन्न लेखहरू देशभित्र र बाहिरबाट प्रकाशित हुने जर्नलहरूमा प्रकाशित छन्। “स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी” जर्नलकी “एडिटर-एट-लार्ज” रहेकी उनको सम्पादनमा विभिन्न पुस्तक प्रकाशित छन्। मार्टिन चौतारीले सन् २०२३मा प्रकाशन गरेको “नेपाल्स फेडेरल कोनुन्ड्रम” उनको सम्पादनमा प्रकाशित पछिल्लो पुस्तक हो।
