मुक्तसिंह लामा तामाङ
1 Article
मानवशास्त्री तथा सामाजिक विकास विज्ञ मुक्तसिंह लामा तामाङले मानव शास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनका साथै अनुसन्धान निर्देशकका रूपमा विगत दुई दशक काम गरेका छन्। संयुक्त राज्य अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट विद्यावारिधी गरेका लामा तामाङको अनुसन्धान नेपाली समाज, संस्कृति, आदिवासी जनजाति समुदाय, सामाजिक समावेशीकरण र विकासमा केन्द्रित छ। सन् २०२५ मा युनिभर्सीटी अफ ब्रिटिस कोलम्बिया, क्यानाडाको स्कुल अफ पव्लिक पोलिसी एण्ड ग्लोबल एफेर्स अन्तरगत फेलोको रूपमा पनि काम गरेका लामा तामाङले जवहारलाल नेहरू विश्वविद्यालय, नयाँ दिल्ली, गोल्डस्मिथ कलेज युनिभर्सीटी अफ लण्डन तथा न्यु स्कुल अफ सोसल रिसर्च न्युयोर्कमा पनि भिजिटिङ फेलोका रुपमा काम गरेका छन्।
