
दिनप्रतिदिन मेरो गाउँको प्रकृति बदलिँदै गएको मैले देखिरहेकी छु। मैले खेलेका ढुङ्गा हराउँदै गएका छन्, देखेका जङ्गलहरू पातलिँदै गएका छन्, जताजतै बाटोभन्दा ठूला आकारका पहाड खसिरहेका छन्, खोल्सी हराउँदै गर्दा खोलाका आकार बढिरहेका छन्। लाग्छ — परिवर्तनले कसरी प्राकृतिक स्वरूपलाई फ्यालेर नयाँ रूप दिन खोज्छ? के परिवर्तन केवल आफूखुसी सडक, भवन र बजारको विस्तार गर्नु मात्र हो? या त हामीलाई प्रकृतिसँगको नाताबाट अझ टाढा लैजाने प्रक्रिया हो?
रैथाने जीवनशैलीमा बाँचेको मेरो गाउँ जति सुन्दर भए पनि आधुनिकताको छाप नपरेसम्म अपूर्ण ठानिन्थ्यो। महाभारत र तराईको बीचमा पर्ने साबिक याङ्शिला (केराबारी गाउँपालिका) को चुरे भावरमा मेरो गाउँ अवस्थित छ। यहाँका ढुङ्गा, खोला र जङ्गल हाम्रा लागि केवल वस्तु थिएनन्, जीवन संस्कृतिका आधार थिए। हामी उनीहरूसँगै हुर्केका थियौँ, उनीहरूको हिस्सा भएर बाँचिरहेका थियौँ।
उज्ज्वल भविष्यका लागि गाउँ छोड्नुपर्छ, सकेसम्म देश नै छोड्नुपर्छ भन्ने भाष्यबीच रुमल्लिरहँदा म भने बारम्बार आफ्नै गाउँमा पुगिरहेकी छु। मैले थाहा पाएको मेरो पहिलेको गाउँको रूप र आजको रूपलाई हेरिरहेकी छु।












(विश्वकर्माको यो कला काठमाडौं उपत्यकामा जारी ‘फोटो काठमाडौं’ महोत्सवका अवसरमा बबरमहलस्थित नेपाल कला परिषदमा प्रदर्शनका लागि राखिएको छ। ‘भूमिले समेटेका सबैथोक’ विषय अन्तर्गत समेटिएको यो प्रदर्शनी १४ डिसेम्बरसम्म चल्नेछ।)
सुशीला विश्वकर्मा दृश्य कथाकार हुन् । हाम्रो प्रकृतिमा छ, फेमलेन्सलगायत थुप्रै पुस्तक र म्यागेजिनमा उनका तस्बिर प्रकाशित छन्। सन् २०२४ को युरोपेली युनियन नेपालको ५० औं वर्षको मित्रता दिवसका अवसरमा वितरित फोटोग्राफी अनुदान प्राप्त गरेकी उनको तृष्णा शीर्षकको फोटोकथा नेपाल कला परिषद् र बेल्जियमको ब्रसेल्समा प्रदर्शन भएको थियो। ...
सुशीला विश्वकर्मा दृश्य कथाकार हुन् । हाम्रो प्रकृतिमा छ, फेमलेन्सलगायत थुप्रै पुस्तक र म्यागेजिनमा उनका तस्बिर प्रकाशित छन्। सन् २०२४ को युरोपेली युनियन नेपालको ५० औं वर्षको मित्रता दिवसका अवसरमा वितरित फोटोग्राफी अनुदान प्राप्त गरेकी उनको तृष्णा शीर्षकको फोटोकथा नेपाल कला परिषद् र बेल्जियमको ब्रसेल्समा प्रदर्शन भएको थियो।