जीवन बानियाँ सोशल साइन्स बहा:का उपनिर्देशक र सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लम)का अनुसन्धान निर्देशक हुन।
Yurendra Basnett is a development economist with a PhD from the University of Cambridge. He has held senior roles at the Overseas Development Institute and the Asian Development Bank, advising governments on economic policy and leading analytical work.
संवैधानिक र फौजदारी कानुनमा स्नातकोत्तर ठाकुरप्रसाद बस्ताकोटी हाल सर्वोच्च अदालतमा उपसचिवका रूपमा कार्यरत छन्।
सेवा भट्टराई नेपाली लोक साहित्य तथा हिन्दु मिथकमा रूची राख्ने स्वतन्त्र सञ्चारकर्मी हुन्।
सदीक्षा भट्टराई डेनमार्कस्थित आरहस विश्वविद्यालयमा पीएचडी स्कलर हुन्, जहाँ उनी नेपालमा शिक्षाको बढ्दो व्यावसायीकरण र शिक्षाका लागि विदेश जाने प्रक्रियाबारे अनुसन्धान गरिरहेकी छिन्।
गौरव भट्टराई त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति अध्यापन गर्छन् । उनका Nepal Between China and India: Difficulty of Being Neutral र Nepal’s Power Elites: Rajahs, Ranas and Republic गरी दुई पुस्तक प्रकाशित छन्।
सुशीला विश्वकर्मा दृश्य कथाकार हुन् । हाम्रो प्रकृतिमा छ, फेमलेन्सलगायत थुप्रै पुस्तक र म्यागेजिनमा उनका तस्बिर प्रकाशित छन्। सन् २०२४ को युरोपेली युनियन नेपालको ५० औं वर्षको मित्रता दिवसका अवसरमा वितरित फोटोग्राफी अनुदान प्राप्त गरेकी उनको तृष्णा शीर्षकको फोटोकथा नेपाल कला परिषद् र बेल्जियमको ब्रसेल्समा प्रदर्शन भएको थियो।
त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पसमा समाजशास्त्र, मानवशास्त्र र समाजिक कार्य विभाग प्रमुख उपप्राध्यापक तिलक विश्वकर्मा दुई दशकभन्दा लामो समयदेखि दलितका विषयमा खोज अनुसन्धान गरिरहेका छन्। नेपालमा दलित–गैरदलित अन्तरजातीय विवाहका विविध आयामबारे दख्खल राख्ने उनी दलित हक अधिकार संरक्षणमा पनि सक्रिय छन्।
Richard Bownas has been visiting and studying Nepal for more than two decades, focusing on political, social, and religious change in the country.
Grace McLaren Brennan is an ecologist with a Master of Landscape Architecture whose work bridges ecological science and design.